काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन्।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै, उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख तथा राजनीतिक सल्लाहकार, उच्चपदस्थ सरकारी अधिकारी र सञ्चारकर्मी सहभागी छन्।
भ्रमणका क्रममा हुने उच्चस्तरीय भेटवार्ताले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।