चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 18 of 1099
  • 2026-10-03
  • 15:16:25
  • शनिबार,आश्विन १७, २०८३

About Author

तेन्जिङको कास्यसँगै एसियन गेम्समा नेपालको पदक खाता खुल्यो

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक हात पारेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन्। टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए। कास्य पदकका लागि भएको प्रतिस्पर्धामा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ को प्रभावशाली अन्तरले पराजित गरे। जितसँगै उनले कास्य पदक सुनिश्चित गर्दै प्रतियोगितामा नेपालको पहिलो पदक दिलाए। तेन्जिङको कास्यसँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको हो।

News by तेन्जिङको कास्यसँगै एसियन गेम्समा नेपालको पदक खाता खुल्यो :