अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको विनिमय दर सार्वजनिक, कुन मुद्राको मूल्य कति ? - Chaitanya News
  • 2026-11-18
  • 08:42:56
  • बुधबार,मंसिर ०३, २०८३
  • अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको विनिमय दर सार्वजनिक, कुन मुद्राको मूल्य कति ?

    अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको विनिमय दर सार्वजनिक, कुन मुद्राको मूल्य कति ?

    काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न देशका विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा कायम भएको छ।

    सार्वजनिक दरअनुसार युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा तोकिएको छ। स्विस फ्र्यांक एकको खरिददर १७८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    अन्य विदेशी मुद्रामध्ये अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा कायम हुँदा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ।

    एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा तोकिएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा कायम गरिएको छ।

    खाडी मुलुकका मुद्रामा साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा तथा संयुक्त अरब इमिरेट्स (यूएई) दिराम एकको खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा तोकिएको छ।

    यसैगरी, कुवेती दिनार एकको खरिददर ४८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ३० पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३९५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३० पैसा तथा ओमनी रियाल एकको खरिददर ३८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २३ पैसा कायम भएको छ।

    मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १७ पैसा र बिक्रीदर ११ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

    यस्तै, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४ रुपैयाँ ८४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।