राष्ट्रिय कर दिवसमा राजस्व प्रशासनका ११ कर्मचारी सम्मानित - Chaitanya News
  • 2026-11-17
  • 16:13:23
  • मंगलबार,मंसिर ०२, २०८३
  • राष्ट्रिय कर दिवसमा राजस्व प्रशासनका ११ कर्मचारी सम्मानित

    राष्ट्रिय कर दिवसमा राजस्व प्रशासनका ११ कर्मचारी सम्मानित

    काठमाडौँः राष्ट्रिय कर दिवसका अवसरमा राजस्व प्रशासनमा कार्यरत ११ जना कर्मचारी सम्मानित भएका छन्।

    मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनीहरूलाई सम्मान गरेका हुन्।

    सम्मानित हुनेमा आन्तरिक राजस्व विभागका सिनियर डिभिजनल केमिष्ट ईश्वरप्रसाद कोइराला, निर्देशक रामबहादुर केसी र शाखा अधिकृत राजेश पण्डित रहेका छन्।

    त्यस्तै, ठूला करदाता कार्यालयकी कर अधिकृत मञ्जु पोख्रेल, आन्तरिक राजस्व कार्यालय जोरपाटीका कर अधिकृत छविलाल भट्टराई र आन्तरिक राजस्व कार्यालय दाङका कर अधिकृत लुटबहादुर बुढाथोकी सम्मानित भएका छन्।

    यसैगरी, आन्तरिक राजस्व कार्यालय दमकका नायब सुब्बा प्रदीप बराल, आन्तरिक राजस्व कार्यालय बानेश्वरकी नायब सुब्बा निर्मला तिमल्सिना र आन्तरिक राजस्व विभागका कम्प्युटर अपरेटर राजेन्द्रबहादुर बम पनि सम्मानित भएका छन्।

    सम्मानित हुने अन्य कर्मचारीमा आन्तरिक राजस्व कार्यालय महाराजगन्जका कार्यालय सहयोगी रामबहादुर कार्की र आन्तरिक राजस्व कार्यालय लहानका कार्यालय सहयोगी धर्मनाथ साह रहेका छन्।