एनपीएल पहिलो क्वालिफायरमा सुदूरपश्चिम ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-11-17
  • 17:08:38
  • मंगलबार,मंसिर ०२, २०८३
  • एनपीएल पहिलो क्वालिफायरमा सुदूरपश्चिम ब्याटिङ गर्दै

    एनपीएल पहिलो क्वालिफायरमा सुदूरपश्चिम ब्याटिङ गर्दै

    काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।

    खेलमा साविक विजेता लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।

    लुम्बिनीले अघिल्लो खेलको पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन। सुदूरपश्चिमले भने टोलीमा तीन परिवर्तन गरेको छ।

    सुदूरपश्चिमले दीपक बोहराको स्थानमा अविनाश बोहरालाई पहिलो रोजाइमा फर्काएको छ। त्यस्तै, फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्सेलाई खेलाउने भएको छ।

    स्कटल्यान्डका अलराउन्डर म्याकमुलेन आईएल टी–२० खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) गएपछि उनको स्थानमा आएका स्कटल्यान्डकै जर्ज मन्सेले पहिलो रोजाइमा अवसर पाएका हुन्।