चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 459 of 1157
  • 2026-11-24
  • 12:37:36
  • मंगलबार,मंसिर ०९, २०८३

About Author

साढे ५ बजेसम्म २६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै

काठमाडौं– प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ साँझ ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता भएको छ। यसमा महिलाको संख्या केवल ३०३ मात्रै छ। पुरुष उम्मेदवारको संख्या भने २ हजार ३५२ रहेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार साँझ ५ गनेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकाले उम्मेदवारी दर्ता गर्न पाउनेछन्। कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन्। समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ। प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो।

News by साढे ५ बजेसम्म २६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै :