प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पाबाट वर्षमान पुन गरे उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-06-22
  • 03:30:04
  • आइतबार,आषाढ ०७, २०८३
  •  प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पाबाट वर्षमान पुन गरे उम्मेदवारी दर्ता

     प्रतिनिधि सभा निर्वाचनका लागि रोल्पाबाट वर्षमान पुन गरे उम्मेदवारी दर्ता

    काठमाडौँ– प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट वर्षमान पुन ‘अनन्त’ले उम्मेदवारी दर्ता गराएका छन्।

    नेपाली राजनीतिमा प्रभावशाली मानिएका नेता पुनले आफ्नो गृहजिल्ला रोल्पाबाट उम्मेदवारी दर्ता गराएका हुन्।

    तत्कालीन माओवादी केन्द्रका उपमहासचिव भइसकेका उनीसँग अर्थलगायतका धेरै मन्त्रालय सम्हालेको अनुभव छ। उनी २०७४ र २०७९ सालमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

    एउटा मात्र क्षेत्र भएको रोल्पाबाट पुनसहित विभिन्न दलका ११ जनाको उम्मेदवारी परेको छ।