टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखराको ब्याटिङ - Chaitanya News
  • 2026-11-04
  • 19:46:58
  • बुधबार,कार्तिक १९, २०८३
  • टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखराको ब्याटिङ

    टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखराको ब्याटिङ

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा जितको खोजीमा रहेको पोखरा एभेन्जर्सले मंगलबार लुम्बिनी लायन्सविरुद्ध युवा ब्याटर अर्जुन कुमाललाई पहिलो रोजाइमा उतारेको छ।

    लुम्बिनीविरुद्धको खेलमा पोखराले टिममा तीन परिवर्तन गरेको छ। पोखराले दिनेश खरेलको स्थानमा अर्जुन कुमाल, प्रतिक पोखरेलको स्थानमा आकाश चन्द र मोहम्मद सैफुद्दिनको स्थानमा सदिरा समाराविक्रमा समावेश गरेको छ।

    मंगलबारको दोस्रो खेलमा टस जितेको साविक विजेता लुम्बिनी लायन्सले भने पहिले बलिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

    लुम्बिनीले पनि आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ। दिलिप नाथ र श्याड्ली भान साइलवायकको स्थानमा अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले पहिलो रोजाइमा मौका पाएका छन्।

    एनपीएलको जारी सिजनमा लुम्बिनी अपराजित रहने एक्लो टोली हो। यता पोखरा भने अहिलेसम्म जित निकाल्न नसक्ने एक्लो टोलीका रूपमा रहेको छ। त्यसैले पोखराका लागि आजको खेल पहिलो जितको खोजीमा महत्त्वपूर्ण हुनेछ।