जनार्दन शर्माले गराए रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता - Chaitanya News
  • 2026-05-05
  • 13:39:40
  • मंगलबार,बैशाख २२, २०८३
  • जनार्दन शर्माले गराए रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता

    जनार्दन शर्माले गराए रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता

    रुकुम– प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन्।

    उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए।२०६४ देखि निरन्तर विजयी हुँदै आएका उनले यसपटक नयाँ दल गठन गरेर चुनावी मैदानमा होमिएका हुन्। फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ।