साढे ५ बजेसम्म २६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै - Chaitanya News
  • 2026-05-05
  • 13:39:39
  • मंगलबार,बैशाख २२, २०८३
  • साढे ५ बजेसम्म २६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै

    साढे ५ बजेसम्म २६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै

    काठमाडौं– प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ साँझ ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता भएको छ। यसमा महिलाको संख्या केवल ३०३ मात्रै छ। पुरुष उम्मेदवारको संख्या भने २ हजार ३५२ रहेको छ।

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार साँझ ५ गनेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकाले उम्मेदवारी दर्ता गर्न पाउनेछन्। कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन्। समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ। प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो।