चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 38 of 1100
  • 2026-10-05
  • 00:04:34
  • आइतबार,आश्विन १८, २०८३

About Author

राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा विधेयक पारित

काठमाडौँ– प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। आज (बिहीबार)को सभाको बैठकले उक्त विधेयकलाई पारित गरेको हो । अध्यक्ष नारायणप्रसाद दाहालले सदनको बैठकमा निर्णयार्थ प्रस्तुत गर्दै विधेयक पारित गरेको घोषणा गरेका हुन्। यसअघि विधेयमाथि सैद्धान्तिक भएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले कानूनी रिक्तता हटाउन उक्त विधेयक ल्याइएको बताइन्। उनले अनुसन्धान गर्ने निकाय कुनै एकै स्थानको मात्र विषय नभई सबै खालका सूचना प्रधानमन्त्रीसमक्ष पुग्दा राम्रो हुने सरकारको धारणा रहेको पनि बताइन्।

News by राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा विधेयक पारित :