जर्मनीसँग लगानी, पर्यटन र श्रम सहकार्य बढाउने सरु जोशीको योजना - Chaitanya News
  • 2026-10-13
  • 13:24:34
  • मंगलबार,आश्विन २७, २०८३
  • जर्मनीसँग लगानी, पर्यटन र श्रम सहकार्य बढाउने सरु जोशीको योजना

    जर्मनीसँग लगानी, पर्यटन र श्रम सहकार्य बढाउने सरु जोशीको योजना

    काठमाडौँ– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक सम्बन्धलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम सहकार्यको अवसरमा रूपान्तरण गर्ने योजना अघि सारेकी छन् ।

    मंगलबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले आर्थिक कूटनीति, पर्यटन प्रवर्द्धन र वैदेशिक रोजगारी व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताइन् ।

    संयुक्त राष्ट्रसंघमा करिब २१ वर्ष काम गरेको अनुभवलाई नेपालको हित र समृद्धिमा उपयोग गर्ने उल्लेख गर्दै उनले दक्ष जनशक्ति पठाउने, श्रम सम्झौता प्रभावकारी बनाउने र जर्मनीमा रहेका नेपालीको सीप तथा सञ्जाललाई नेपालको विकाससँग जोड्ने योजना सुनाइन् ।

    उनले नेपाली जडीबुटीजन्य उत्पादनको निर्यात बढाउन प्रयोगशाला परीक्षण र प्रमाणीकरणको व्यवस्था आवश्यक रहेको बताइन् । युक्रेनमा रहेका नेपाली तथा युद्धबन्दीका विषयमा पनि परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ छ ।

    जोशीले कूटनीति प्राविधिक विषयमा मात्र सीमित नभई अवसर खोज्ने माध्यमसमेत भएको उल्लेख गर्दै दुवै देशको हित हुने गरी साना अवसरलाई पनि परिणाममा बदल्ने प्रतिबद्धता व्यक्त गरिन् ।