कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम सेमेस्टरमा १ हजार ५४७ विद्यार्थी भर्ना - Chaitanya News
  • 2026-11-27
  • 16:11:52
  • शुक्रबार,मंसिर १२, २०८३
  • कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम सेमेस्टरमा १ हजार ५४७ विद्यार्थी भर्ना

    कैलाली बहुमुखी क्याम्पसमा स्नातक प्रथम सेमेस्टरमा १ हजार ५४७ विद्यार्थी भर्ना

    धनगढीः कैलाली बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक तह प्रथम सेमेस्टरमा १ हजार ५४७ जना विद्यार्थी भर्ना भएका छन्।

    क्याम्पसमा सञ्चालित विभिन्न १० वटा शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना भएका हुन्। प्राप्त विवरणअनुसार सबैभन्दा बढी विद्यार्थी शिक्षा संकायअन्तर्गत बीएडमा भर्ना भएका छन्। बीएडमा ५०२ जना विद्यार्थी भर्ना भएका छन्।

    त्यस्तै, व्यवस्थापन संकायअन्तर्गत बीबीएसमा ४२५, बीबीएमा १३५ र बीएचएममा ४० जना विद्यार्थी भर्ना भएका छन्। मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत बीएमा १३१ जना विद्यार्थी भर्ना भएका छन्।

    यसैगरी, विज्ञान तथा प्रविधितर्फ बीएस्सीमा १३०, बीआईटीमा ४८, बीसीएमा ४० र बीएस्सी–सीएसआईटीमा ४८ जना विद्यार्थी भर्ना भएका छन्। कानुनतर्फ बीएएलएलबी कार्यक्रममा ४८ जना विद्यार्थी भर्ना भएको सहायक क्याम्पस प्रमुख मोहनसिंह सावदले जानकारी दिए।

    क्याम्पसमा नयाँ शैक्षिक यात्राको सुरुवात गरेका सम्पूर्ण नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै क्याम्पसले उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।