कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापाको फराकिलो अग्रता, थपलिया दोस्रो - Chaitanya News
  • 2026-10-13
  • 09:38:30
  • मंगलबार,आश्विन २७, २०८३
  • कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापाको फराकिलो अग्रता, थपलिया दोस्रो

    कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापाको फराकिलो अग्रता, थपलिया दोस्रो

    काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदको मतगणनामा वासना थापाले अग्रता कायम राखेकी छन् । पछिल्लो मतपरिणामअनुसार थापाले ३ हजार ४८४ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पारेकी हुन् ।

    मतपरिणाममा उर्मिला थपलिया २ हजार ६४७ मतसहित दोस्रो स्थानमा छिन् भने निमा गिरी २ हजार ६२० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन् । थापा र थपलियाबीच ८३७ मतको अन्तर देखिएको छ ।

    त्यस्तै, कुसुमदेवी थापाले २ हजार १२९, धनाकुमारी खतिवडाले २ हजार १२५, अनिता देवकोटाले १ हजार ९३० र विनिता खड्काले १ हजार ८९२ मत प्राप्त गरेका छन् ।

    लक्ष्मी पाण्डेले १ हजार ७७२, सृजना अधिकारीले १ हजार ७६२, मुना भुसालले १ हजार ६३२, चिनी पोखरेल (चिनु) ले १ हजार ५६४ र रिता थापा मगरले १ हजार ५१० मत पाएका छन् ।

    यसैगरी, कान्तिका सेजुवालले १ हजार ४८१, उमा दाहालले १ हजार ४५८, निर्मला तामाङ बस्नेत (नीरु) ले १ हजार ४२४, अकला गुरुङले १ हजार ३३८ र सम्झना खत्रीले १ हजार २५६ मत प्राप्त गरेकी छन् ।

    गंगा शाही र निर्मला क्षेत्रीले समान १ हजार २२२ मत पाएका छन् । गीता सत्यालले १ हजार १६७, जमुना ढकालले १ हजार १६०, इन्दिरा चौलागाईंले १ हजार ४१, गण्डकी थापा अधिकारीले १ हजार ३० र भगवती काफ्ले भण्डारीले १ हजार १९ मत प्राप्त गरेका छन् ।

    अन्य उम्मेदवारमध्ये नम्रता बरालले ९६७, राधिका कटुवालले ९६६, सुमित्रा कुमारी बमले ९४४, रिता सेन ओलीले ८८९, तुलसी देवकोटाले ८६२, पवित्रा कुमारी अर्यालले ८१७, भवानी देवकोटाले ७९९, यस्मिन ढुंगानाले ७७५, विष्णु कुमारी सापकोटाले ५६९ र मोदती केसीले ५५० मत प्राप्त गरेकी छन् ।

    मतपरिणामअनुसार १२ मत बदर भएका छन् । पछिल्लो मतगणनामा थापाले अग्रता कायम राख्दा दोस्रो र तेस्रो स्थानमा रहेका थपलिया र गिरीबीच भने २७ मतको मात्रै अन्तर देखिएको छ ।