चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 15 of 1151
  • 2026-11-21
  • 11:10:12
  • शनिबार,मंसिर ०६, २०८३

About Author

चीनसँग लिएको ऋण र भुक्तानीको विवरण माग्यो विशेष अदालतले

काठमाडौं– विशेष अदालतले नेपाल सरकारले चीनको एक्जिम बैंकबाट लिएको ऋण तथा त्यसको भुक्तानी प्रक्रियाबारे विस्तृत विवरण माग गरेको छ। अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयसँग ऋण लिएको रकम, भुक्तानी प्रक्रिया र किस्तागत विवरण पेस गर्न आदेश दिएको हो। त्यसैगरी, चिनियाँ निर्माण कम्पनी सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल तथा भरपाइ, हालसम्म भुक्तानी भएको रकम र भुक्तानी हुन बाँकी रकमको विवरण पनि अदालतले माग गरेको छ। यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सम्बन्धित सम्पूर्ण कागजात झिकाउन विशेष अदालतले आदेश दिएको छ।

News by चीनसँग लिएको ऋण र भुक्तानीको विवरण माग्यो विशेष अदालतले :