लगानी र पूर्वाधार विकासका कानुन संशोधन गर्न विधेयकको मस्यौदामाथि छलफल - Chaitanya News
  • 2026-11-06
  • 13:40:34
  • शुक्रबार,कार्तिक २१, २०८३
  • लगानी र पूर्वाधार विकासका कानुन संशोधन गर्न विधेयकको मस्यौदामाथि छलफल

    लगानी र पूर्वाधार विकासका कानुन संशोधन गर्न विधेयकको मस्यौदामाथि छलफल

    काठमाडौँ– लगानी तथा पूर्वाधार विकाससँग सम्बन्धित कानुनी व्यवस्था परिमार्जन गर्ने तयारीस्वरूप सरकारले ऐन संशोधन विधेयकको मस्यौदामाथि छलफल अघि बढाएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’को मस्यौदामाथि छलफल सुरु गरिएको हो।

    लगानी तथा पूर्वाधार विकासका क्षेत्रमा विद्यमान कानुनी व्यवस्थालाई सुधार तथा परिमार्जन गर्ने उद्देश्यसहित विधेयकको मस्यौदा तयार पारिएको हो। सोही मस्यौदालाई थप छलफलका लागि अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।