टस जितेर कर्णालीले रोज्यो बलिङ, सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै - Chaitanya News
  • 2026-11-06
  • 13:26:42
  • शुक्रबार,कार्तिक २१, २०८३
  • टस जितेर कर्णालीले रोज्यो बलिङ, सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै

    टस जितेर कर्णालीले रोज्यो बलिङ, सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सले कर्णाली याक्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

    टीयू क्रिकेट मैदानमा भएको टसमा बाजी मारेको कर्णालीले बलिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्न लागेको हो।

    आजको खेलका लागि कर्णालीले आफ्नो टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ। जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङले पहिलो रोजाइमा अवसर पाएका छन्।

    यता सुदूरपश्चिमले भने टोलीमा एक परिवर्तन गरेको छ। शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायकेलाई पहिलो रोजाइमा समावेश गरेको छ।

    टस जितेर बलिङ रोजेको कर्णालीले सुदूरपश्चिमलाई सुरुमै दबाबमा राख्ने लक्ष्य लिएको छ।