यु–१९ एसिया कपमा नेपालको चुनौती भारतसँग, टस हारेर ब्याटिङमा उत्रियो - Chaitanya News
  • 2026-11-06
  • 11:50:56
  • शुक्रबार,कार्तिक २१, २०८३
  • यु–१९ एसिया कपमा नेपालको चुनौती भारतसँग, टस हारेर ब्याटिङमा उत्रियो

    यु–१९ एसिया कपमा नेपालको चुनौती भारतसँग, टस हारेर ब्याटिङमा उत्रियो

    काठमाडौं– यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्ध ब्याटिङ सुरु गरेको छ। ओमानको अल अमेरातमा जारी प्रतियोगिताको पहिलो खेलमा टस हारेर नेपाल पहिले ब्याटिङमा उत्रिएको हो।

    भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपाली युवा टोलीले ब्याटिङको जिम्मेवारी पाएको हो।

    प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ। नेपालले समूह चरणको दोस्रो खेलमा आगामी २२ गते संयुक्त अरब इमिरेट्स (युएई) र तेस्रो खेलमा २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

    प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।

    प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ।