चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 98 of 1152
  • 2026-11-21
  • 22:47:25
  • शनिबार,मंसिर ०६, २०८३

About Author

‘सकारी कोषमा जम्मा नै गर्दैनौँ भनेका होइनौँ तर हाम्रो मुख्य प्राथमिकता पीडितलाई प्रत्यक्ष राहत पुर्‍याउनु हो’ : केपी ओली

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो पीडितहरूलाई प्रत्यक्ष रूपमा राहत पुर्‍याउनु पार्टीको मुख्य प्राथमिकता रहेको बताएका छन्। आज (शुक्रवार) पार्टी केन्द्रीय कार्यालय, च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने क्रममा उनले यस्तो बताए। अध्यक्ष ओलीले एमालेले आफ्नै सामर्थ्य र कार्यकर्ताहरूको परिचालनमार्फत राहत संकलन तथा वितरण कार्य गरिरहेको जानकारी दिए। उनका अनुसार पार्टीले प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामग्री वितरण गर्ने लक्ष्य राखेको भए तापनि राहतको कुल परिमाण त्योभन्दा बढी हुने देखिएको छ। उनले थप स्पष्ट पार्दै राहत सरकारी कोषलाई नभई पीडितलाई आवश्यक भएको र उद्धार एवं राहतका कार्य सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताए। राहत रकम सरकारी कोषमा जम्मा गर्ने विषयमा स्पष्ट पार्दै अध्यक्ष ओलीले भने, ‘हामीले सरकारी कोषमा रकम जम्मा नै गर्दैनौँ भनेका होइनौँ। तर सरकारी कोषमा जम्मा भएको रकम समयमै पीडितसम्म पुग्न ढिलाइ हुने अवस्थालाई मध्यनजर गर्दै हामीले सिधै पीडितको हातमा राहत पुर्‍याउने कार्यलाई प्राथमिकता दिएका छौँ।’ हालको विषम परिस्थितिमा उद्धार र राहत वितरण नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले पीडितको आवश्यकतालाई सम्बोधन गर्न पार्टी दत्तचित्त भएर लागिपरेको बताए।

News by ‘सकारी कोषमा जम्मा नै गर्दैनौँ भनेका होइनौँ तर हाम्रो मुख्य प्राथमिकता पीडितलाई प्रत्यक्ष राहत पुर्‍याउनु हो’ : केपी ओली :