त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार - Chaitanya News
  • 2026-09-04
  • 10:06:23
  • शुक्रबार,भाद्र १९, २०८३
  • त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार

    त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार

    काठमाडौँ– रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार भएको छ।

    रास्वपा सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको हो।

    नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारमा खटिरहेको छ।