‘विपत्ति र चुनौतीहरू आउँछन्,जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्’ : प्रधानमन्त्री शाह - Chaitanya News
  • 2026-09-04
  • 08:43:16
  • शुक्रबार,भाद्र १९, २०८३
  • ‘विपत्ति र चुनौतीहरू आउँछन्,जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्’ : प्रधानमन्त्री शाह

    ‘विपत्ति र चुनौतीहरू आउँछन्,जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्’ : प्रधानमन्त्री शाह

    काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विपत्ति र चुनौतीहरूले धैर्य र कर्मको परीक्षा लिने बताएका छन्।

    आज (शुक्रबार) प्रधानमन्त्री शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै भनेका छन्( ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्। यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो।’

    उनले हामी सबैलाई कर्तव्य पथमा टिकिरहने धैर्य, साहस र शक्ति प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।