चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 406 of 1166
  • 2026-11-29
  • 14:08:08
  • आइतबार,मंसिर १४, २०८३

About Author

मतदान गरे पछि प्रचण्डले भने– नयाँ र पुराना होइन, सही र गलत भाष्य बनाउनु पर्‍यो

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्ने बताएका छन् । चितवन–३ मा भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताए । उनले भने,‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन । नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्‍यो ।’ उनले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ पुरानो भनिनु पर्नेमा पनि जोड दिए । सबैले विवेक प्रयोग गरेर सहीको पक्षमा उभिनु पर्ने उनको भनाई थियो ।

News by मतदान गरे पछि प्रचण्डले भने– नयाँ र पुराना होइन, सही र गलत भाष्य बनाउनु पर्‍यो :