प्रतिनिधि सभा निर्वाचनमा झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन - Chaitanya News
  • 2026-04-26
  • 06:47:04
  • आइतबार,बैशाख १३, २०८३
  • प्रतिनिधि सभा निर्वाचनमा झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

    प्रतिनिधि सभा निर्वाचनमा झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

    काठमाडौँ– प्रतिनिधि सभा निर्वाचन २०८२ को मतदान शुरु भइसकेको छ । जेनजेड आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज सुरु भएको निर्वाचनमा झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ। त्यस्तै ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

    राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना तथा निर्वाचन प्रहरीका रूपमा एक लाख ४९ हजार ९० जना खटाइएको छ।

    निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन्। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्‍याइसकेको जनाएको छ।

    यसपटकको निर्वाचनमा ४ अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्।

    राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन्।

    गृहमन्त्री ओमप्रकाश अर्यालले पनि निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातासँग आग्रह गरेका छन्।