Chaitanyakhabar
धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले पनि मतदान गरेका छन् ।
साम्पाङ्ले धरान उपमहानगरपालिका– १८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
साम्पाङ सुनसरी(१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
सुदूरपश्चिमका ८६.६ प्रतिशत बालबालिका कम्तीमा एक आधारभूत सेवाबाट वञ्चित
सुदूरपश्चिम लोक सेवा आयोगको पाँचौँ तहको लिखित नतिजा सार्वजनिक
सुदूरपश्चिम प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित, बजेट ल्याउने सरकारको तयारी अन्योलमा
ट्रम्पको नोबेल दाबी फेरि चर्कियो, ‘आठ युद्ध अन्त्य गराएँ’
धनगढीः सुदूरपश्चिम प्रदेशका ८६.६ प्रतिशत बालबालिका कम्तीमा एउटा आधारभूत सेवाको पहुँचबाट वञ्चित रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार धनगढीमा सार्वजनिक गरेको ‘नेपालमा बालबालिकाको बहुआयामिक वञ्चितीकरणसम्बन्धी विश्लेषणात्मक प्रतिवेदन–२०२६’ ले प्रदेशका बालबालिकाको ठूलो हिस्सा कुनै न कुनै आधारभूत सेवाबाट वञ्चित रहेको देखाएको हो। प्रतिवेदनअनुसार सुदूरपश्चिममा ५६.४ प्रतिशत बालबालिका दुई वा दुईभन्दा बढी आयाममा वञ्चित छन्। राष्ट्रियस्तरमा…
धनगढीः सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश प्रशासन सेवा अन्तर्गत पाँचौँ तहका वरिष्ठ प्रशासन सहायक र लेखापाल पदको द्वितीय चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले विज्ञापन नं. १२०–१२८-०८१–८२ अन्तर्गत आन्तरिक प्रतियोगिता, अन्तर तह, खुला तथा समावेशी समूहबाट पदपूर्तिका लागि सञ्चालन गरिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित सूचनाअनुसार…
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक आगामी २४ गतेसम्मका लागि स्थगित भएको छ। बैठक स्थगित भएसँगै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने तयारी थप पछाडि धकेलिएको छ। प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार बिहीबार बिहान ८ बजे बस्ने गरी तय गरिएको प्रदेश सभा बैठक अब २४ गते बिहान ८ बजे बस्ने…
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ। यसअघि बिहान ७ बजेदेखि मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिए पनि वर्षा तथा केही प्राविधिक कारणले समय तीन घण्टा पछि सारिएको हो। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बिहान १०…
काठमाडौँ– निजी इन्टरनेट सेवा प्रदायकले सुपथ मूल्यका कम गतिको इन्टरनेट प्याकेज बिक्री बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले हाल उपलब्ध प्याकेजको मूल्य नबढाउने भएको छ। टेलिकमले ग्राहकलाई दिइरहेका इन्टरनेट प्याकेज निरन्तर सञ्चालन हुने जनाएको छ। इन्टरनेट सेवा प्रदायक संघ नेपालले इन्धन, फाइबर तथा इलेक्ट्रोनिक चिपसेटको मूल्यवृद्धि, मुद्रास्फीति र एआईको बढ्दो प्रयोगका कारण सञ्चालन खर्च…
काठमाडौँ– दसैँको समयमा यात्रुबाट सरकारले तोकेकोभन्दा बढी भाडा असुल गर्ने सवारीसाधनमाथि कारबाही हुने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित यातायात सेवा उपलब्ध गराउन व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिएको छ। महासंघका महासचिव डेकनाथ गौतमले तोकिएको भाडाभन्दा बढी रकम असुल गर्ने सवारीसाधनलाई कारबाही गरिने बताएका छन्। सरकारले दसैँलाई लक्षित…