मतदान गरे पछि प्रचण्डले भने– नयाँ र पुराना होइन, सही र गलत भाष्य बनाउनु पर्‍यो - Chaitanya News
  • 2026-04-26
  • 04:51:52
  • शनिबार,बैशाख १२, २०८३
  • मतदान गरे पछि प्रचण्डले भने– नयाँ र पुराना होइन, सही र गलत भाष्य बनाउनु पर्‍यो

    मतदान गरे पछि प्रचण्डले भने– नयाँ र पुराना होइन, सही र गलत भाष्य बनाउनु पर्‍यो

    काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ र पुराना नभएर सही र गलत भन्ने भाष्य बनाउनु पर्ने बताएका छन् ।

    चितवन–३ मा भरतपुर–१४ स्थित प्रहरी स्कुलमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिंदै उनले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको बताए ।

    उनले भने,‘नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन । नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्‍यो ।’
    उनले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ पुरानो भनिनु पर्नेमा पनि जोड दिए ।

    सबैले विवेक प्रयोग गरेर सहीको पक्षमा उभिनु पर्ने उनको भनाई थियो ।