चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 6 of 1150
  • 2026-11-20
  • 00:34:41
  • बिहिबार,मंसिर ०४, २०८३

About Author

एनपीएलको दोस्रो क्वालिफायरमा पुग्न काठमाडौं र चितवनबीच प्रतिस्पर्धा

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा स्थान बनाउन आज काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने इलिमिनेटर खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो उपस्थिति कायम राख्ने लक्ष्यसहित मैदान उत्रनेछन् । खेल आज दिउँसो साढे ४ बजे सुरु हुनेछ । अंक तालिकामा तेस्रो स्थान हासिल गरेको काठमाडौं गोर्खाज र चौथो स्थानमा रहेको चितवन राइनोजबीचको यो खेल दुवै टोलीका लागि निर्णायक हुनेछ । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । इलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम रोयल्ससँग बिहीबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायर जित्ने टोलीले उपाधिका लागि शनिबार लुम्बिनी लायन्ससँग फाइनल खेल्नेछ । त्यसैले काठमाडौं र चितवन दुवैका लागि आजको खेल प्रतियोगितामा अघि बढ्ने महत्त्वपूर्ण अवसरका रूपमा रहेको छ ।

News by एनपीएलको दोस्रो क्वालिफायरमा पुग्न काठमाडौं र चितवनबीच प्रतिस्पर्धा :