चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 34 of 1102
  • 2026-10-06
  • 02:07:08
  • सोमबार,आश्विन १९, २०८३

About Author

आज एकै दिन तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ– आज (बुधबार) विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्ने तय भएका छन् । जसअनुसार, अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। बिहान १० बजे बस्ने भएको छ । यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजे बाट सृुरु भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुँदैछ। मंगलबारको समितिको बैठक शिक्षामन्त्री अस्वस्थ भएपछि स्थगित भएको थियो । बैठकमा शिक्षामन्त्री, मन्त्रालयका सचिव लगायतलाई छलफलको लागि समितिले बोलाएको छ। यस्तैगरी, आज बिहान सवा ११ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्व सभापतिसँग छलफल गर्ने कार्यसूची छ।

News by आज एकै दिन तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची :