चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 33 of 1099
  • 2026-10-03
  • 20:56:01
  • शनिबार,आश्विन १७, २०८३

About Author

आजको मौसमः देशभर बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, आज देशभर मौसम सामान्यतया बदली रहनेछ। विभिन्न प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यस्तै, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार, देशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तथा हिमपातको सम्भावना रहेको छ। रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

News by आजको मौसमः देशभर बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात :