काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १६ पैसा र बिक्रीदर १७० रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ । बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ९० पैसा र बिक्रीदर २०४ रुपैयाँ ७१ पैसा तथा स्विस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ १५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४५ पैसा कायम हुँदा क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७९ पैसा तोकिएको छ । त्यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ २५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा रहेको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २६ पैसा र बिक्रीदर ४० रुपैयाँ ४२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६२ पैसा रहेको छ ।
थाई भाट एकको खरिददर चार रुपैयाँ ४९ पैसा र बिक्रीदर चार रुपैयाँ ५१ पैसा तोकिएको छ । युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३१ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २८ पैसा र बिक्रीदर ११ रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५ रुपैयाँ ५९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
यस्तै, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०२ रुपैयाँ २० पैसा तथा ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ०९ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।