काठमाडौँ– रामप्रसाद भट्टराई सचिवमा बढुवा भएका छन् । न्याय सेवा आयोगले उनलाई विशिष्ट श्रेणी (सचिव)मा बढुवा सिफारिस गरेको हो। आज (मंगलबार) बसेको आयोगको बैठकले न्याय परिषद्का कायममुकायम सचिव भट्टराईलाई सचिव पदमा बढुवाका लागी सिफारिस गर्ने निर्णय गरेको हो।


