आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-11-05
  • 09:29:29
  • बिहिबार,कार्तिक २०, २०८३
  • आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

    आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै

    काठमाडौँ– मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथि आज प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा छलफल हुने भएको छ।

    विधेयकमा सरोकारवालाहरूको सुझाव तथा धारणा लिन समितिको बैठक बोलाइएको हो। बैठक आज दिउँसो १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयको समितिको सभाकक्षमा बस्नेछ।

    समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मेलमिलाप परिषद्का अध्यक्ष तथा सचिव सहभागी हुनेछन्। त्यसैगरी काठमाडौँ र ललितपुर महानगरपालिका तथा भक्तपुर नगरपालिकाका न्यायिक समिति संयोजकलाई पनि छलफलमा आमन्त्रण गरिएको छ।

    यस्तै, नेपाल बार एसोसिएसन, नगरपालिका महासंघ, गाउँपालिका महासंघ र प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रका प्रतिनिधिहरूले पनि विधेयकमाथि आफ्नो धारणा राख्नेछन्।

    समितिले मेलमिलापसम्बन्धी कानुनी व्यवस्थालाई थप व्यवस्थित गर्ने उद्देश्यसहित विधेयकमाथि सम्बन्धित निकाय तथा सरोकारवालासँग छलफल गर्न लागेको जनाएको छ।