चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1089 of 1109
  • 2026-10-08
  • 23:13:43
  • बिहिबार,आश्विन २२, २०८३

About Author

प्रादेशिक मत्स्य पालन किसान संघ गठनको अध्यक्षमा विष्णु प्रसाद आचार्य

काठमाण्डौं– प्रदेश नम्बर एकमा माछा पालन व्यवसायमा संलग्न व्यवसायीहरुले विष्णु प्रसाद आचार्यको अध्यक्षतमा प्रादेशिक मत्स्य पालन किसान संघ गठन गरेका छन्। शनिवार इटहरीमा प्रदेश १ मा माछा पालन गर्ने किसानहरुको भेलाले माछा उद्योगलाई आत्मनिर्भर बनाई विदेशी मुलुकबाट हुने आयातलाई न्युनिकरण गर्दै लैजाने एक बर्षपछी बिदेशी माछा आयात सधैंका बिस्तापित गर्ने उद्देश्यका साथ प्रादेशिक मत्स्य पालन किसान संघ गठन गरेका हुन्। संघले स्थानिय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार समक्ष माछा उद्योगको विकास र माछा पालक किसानहरुको हकहितको लागि सामुहिक पहल गर्र्दै मुलुकबाट हुने माछा आयातलाई १ वर्ष भित्रमै पुर्णरुपमा रोक लगाउने माछा पालक किसानलाई वर्षमा ४ पटक व्यवहारिक ज्ञान प्रदान गर्ने लगायत विभिन्न उदेश्य राखेको छ। १९ सदस्यीय संघको अध्यक्षमा अध्यक्ष विष्णु प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी, उपाध्यक्ष राम पौडेल सचिव पुष्प अधिकारी सह सचिव मोहन राजवंशी , कोषाध्यक्षमा दुर्गा कार्की रहेका छन्। त्यस्तै सदस्यहरूमा दुर्गा प्रसाद सेडाई, कपिल न्यौपाने, ज्ञानेन्द्र बिमली, प्रकाश बुढाथोकी,डेगनाथ खतिवडा, नन्दन थापा, रमेश मण्डल, सदस्य टेकनाथ पौडेल, देवराज महत, सदस्य नविन चौधरी, सदस्य गुलावि मुखिया, देव बहादुर खडका, सदस्य उद्धव कुमार पौडेल रहेका छन्।  

News by प्रादेशिक मत्स्य पालन किसान संघ गठनको अध्यक्षमा विष्णु प्रसाद आचार्य :