काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेर आइतबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छ। सुन आज प्रतितोला ८०० रुपैयाँ घटेर ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदी पनि प्रतितोला २५ रुपैयाँ घटेर कारोबार भइरहेको छ। आइतबार प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको हो।