सोविता गौतम तेस्रो वरीयतामा उक्लिएपछि चार मन्त्रीको मर्यादाक्रम घट्यो - Chaitanya News
  • 2026-11-26
  • 16:45:05
  • बिहिबार,मंसिर ११, २०८३
  • सोविता गौतम तेस्रो वरीयतामा उक्लिएपछि चार मन्त्रीको मर्यादाक्रम घट्यो

    सोविता गौतम तेस्रो वरीयतामा उक्लिएपछि चार मन्त्रीको मर्यादाक्रम घट्यो

    काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको मर्यादाक्रम बढेसँगै चार मन्त्रीको वरीयता घटेको छ।

    यसअघि मन्त्रिपरिषद्मा सातौँ मर्यादाक्रममा रहेकी गौतमलाई नयाँ व्यवस्थाअनुसार तेस्रो नम्बरमा राखिएको छ। उनको वरीयता तीन तह माथि उक्लिएपछि त्यसपछिका चार मन्त्रीको मर्यादाक्रम एक–एक स्थान तल झरेको हो।

    नयाँ मर्यादाक्रमअनुसार परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा पुगेका छन्।

    राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत सार्वजनिक गरेको नयाँ मर्यादाक्रममा १७ सदस्यीय मन्त्रिपरिषद्का अन्य सदस्यको वरीयता भने यथावत् राखिएको छ।

    यससँगै मन्त्रिपरिषद्को वरीयता सूचीमा गौतमको स्थान उल्लेख्य रूपमा माथि पुगेको छ भने यसअघि उनीभन्दा अगाडि रहेका चार मन्त्री एक तह तल झरेका छन्।