कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेसका प्रदेश प्रमुख कर्णलाई - Chaitanya News
  • 2026-11-26
  • 16:41:03
  • बिहिबार,मंसिर ११, २०८३
  • कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेसका प्रदेश प्रमुख कर्णलाई

    कोशी प्रदेश प्रमुखको जिम्मेवारी मधेसका प्रदेश प्रमुख कर्णलाई

    काठमाडौँ– कोशी प्रदेश प्रमुखको पद रिक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई उक्त प्रदेशको कार्यभारसमेत सम्हाल्ने जिम्मेवारी दिएका छन्।

    राष्ट्रपति पौडेलले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि कर्णलाई कोशी प्रदेश प्रमुखको कार्यभार तोकेका हुन्।

    नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका हुन्।

    कोशी प्रदेश प्रमुखको पद रिक्त रहेपछि प्रशासनिक तथा संवैधानिक जिम्मेवारी निर्वाहमा निरन्तरता दिन मधेस प्रदेश प्रमुखलाई थप कार्यभार दिइएको हो।