काठमाडौं– सुनसरी–३ मा सत्तागठबन्धनका विजयकुमार गच्छदारविरुद्ध उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ। उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने निर्वाचन कार्यक्रम अन्तरगत उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता विजयकुमार गच्छदारले हिजो सुनसरी–३ मा उम्मेदवारी दर्ता गराएका दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा उनीलगायत विरुद्ध दर्ता गरेको भ्रष्टाचारको आरोप विशेष अदालतमा विचाराधीन छ। विशेष अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको हो।
यसकारण उनी विरुद्धको मुद्दा विचारिाधिन रहेको भन्दै उम्मेदवार नबनाउन माग गर्दै उजुरी परेको हो। अनियमितता, भ्रष्टाचारको आरोप लागेका र अन्तिम अदालतबाट सफाइ नपाएका नेताहरू कथंकदाचित निर्वाचित भएभने पनि सांसद भने हुन पाउने छैनन्।