पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे नुवाकोट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने - Chaitanya News
  • 2026-04-24
  • 18:39:48
  • शुक्रबार,बैशाख ११, २०८३
  • पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे नुवाकोट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने

    पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे नुवाकोट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने

    काठमाडौ– पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे प्रतिनिधिसभा नुवाकोट क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट व्यवसायी पाण्डेले आफ्नो उम्मेदवारी दिएका हुन्।

    घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका पाण्डेले गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका चर्चित नेता अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गर्नेछन् भने यता नेकपा एमालेका उम्मेदवार बद्री मैनालीसँग समेत भिड्नेछन्।

    करिब ३३ वर्ष पर्यटन क्षेत्रमा बिताएका पाण्डेले पहिलो पटक प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचन, २०७९ बाट राजनीतिमा डेब्यु गर्न लागेका हुन्।