राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि - Chaitanya News
  • 2026-06-11
  • 09:33:46
  • बिहिबार,जेठ २८, २०८३
  • राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो।

    चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ। खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महशुस भएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्।