प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट पृथ्वी सुब्बा गुरुङ र माओवादीबाट देवप्रसाद गुरुङको उम्मेदवारी - Chaitanya News
  • 2026-06-10
  • 20:31:03
  • बुधबार,जेठ २७, २०८३
  • प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट पृथ्वी सुब्बा गुरुङ र माओवादीबाट देवप्रसाद गुरुङको उम्मेदवारी

    प्रतिनिधिसभा निर्वाचनका लागि एमालेबाट पृथ्वी सुब्बा गुरुङ र माओवादीबाट देवप्रसाद गुरुङको उम्मेदवारी

    लमजुङ– आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) बाट एमालेका उपमहासचिव एवं निर्वतमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उम्मेदवारी दर्ता गराएका छन। एमालेबाट प्रदेश (क) मा एमालेका जिल्ला सहइञ्चार्ज जमिन्द्रमान घलेले उम्मेदवारी दर्ता गराएकन छन। प्रदेश (ख) मा भने एमालेका तर्फबाट जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराएका छन।

    त्यस्तै प्रतिनिधिसभाका लागि गठबन्धनबाट नेकपा (माओबादी केन्द्र)का केन्द्रीय महासचिव देव प्रसाद गुरुङले उम्मेदवारी दर्ता गराएका छन । गठबन्धनबाटै नेपाली कांग्रेसको तर्फबाट प्रदेश (क) मा जिल्ला अध्यक्ष डा. टक राज गुरुङले उम्मेदवारी दर्ता गराएका छन। प्रदेश (ख) मा कांग्रेका निवर्तमान जिल्ला अध्यक्ष भेष बहादुर पौडेलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    प्रतिनिधी सभाकै लागि लमजुङमा राप्रपा नेपालबाट टकबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धर्मराज केसी, आमुल परिवर्तन मसिह पार्टीबाट नन्दजंङ गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र प्रसाद प्रजापतीले मनोनयन दर्ता गराएका छन्।

    त्यसैगरी प्रतिनिधिसभाका लागि कांग्रेस विपीबाट डा. लक्ष्मीकान्त पौडेल, मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट विकास गुरुङ, राप्रपाबाट बालचन्द्र श्रेष्ठ, जनता समाजबादी पार्टीबाट नरेन्द्र बहादुर गुरुङको उम्मेदारी परेको छ भने स्वतन्त्रबाट चन्दन बस्याल, प्रकाश जोशी उम्मेदारी परेको छ।

    त्यसैगरी प्रदेश सभा (क) तर्फ कांग्रेस विपीबाट खुशीमाया गुरुङ अस्मिता, राप्रपाबाट अप्सरा शाह, जनता समाजबादी पार्टीबाट सरस्वती गुरुङ र मंगोल नेशनल अर्गनाईजेन पार्टीबाट वीर्खबहादुर तामाङको उम्मेदारी परेको छ।

    त्यसैगरी प्रदेश सभा (ख) तर्फ हाम्रो नेपाली पार्टीबाट विमल घिमिरे, राप्रपाबाट ततबहादुर गुरुङ, जनता समाजबादी पार्टी पाछ युवराज दुरा, मंगोल नेशनलन अर्गनाईजेन पार्टीबाट राज गुरुङ, कांग्रेस विपीबाट नवराज बसौलाको उम्मेदारी परेको छ।