कालिकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता - Chaitanya News
  • 2026-04-23
  • 12:21:13
  • बिहिबार,बैशाख १०, २०८३
  • कालिकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता

    कालिकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता

    कालिकोट– कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन्।

    शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन्। १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

    ‘१४–१५ जना बेपत्ता भएको भनेर गाउँलेले खबर गरेपछि गएको प्रहरी घटनास्थलमा पुगेको छ,’ शर्माले भने, ‘प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको छ र थप विवरण आउन बाँकी छ।’