एनपिएलको अवसरमा प्रधानमन्त्री शाहद्वारा खेलाडी र आयोजकलाई शुभकामना - Chaitanya News
  • 2026-10-26
  • 16:50:36
  • सोमबार,कार्तिक १०, २०८३
  • एनपिएलको अवसरमा प्रधानमन्त्री शाहद्वारा खेलाडी र आयोजकलाई शुभकामना

    एनपिएलको अवसरमा प्रधानमन्त्री शाहद्वारा खेलाडी र आयोजकलाई शुभकामना

    काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताको कामना गर्दै सहभागी खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन्।

    प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै एनपीएल छोटो समयमै नेपाली खेलकुद क्षेत्रको भव्य उत्सवका रूपमा स्थापित हुन सफल भएको उल्लेख गरेका छन्।

    उनले एनपीएललाई नेपालकै सबैभन्दा ठूलो खेलकुद महोत्सवका रूपमा चित्रण गर्दै प्रतियोगितामा सहभागी हुन नेपाल आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई स्वागत गरेका छन्।

    प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी नेपाली खेलाडी, आयोजक तथा क्यानलाई एनपीएलको सफल आयोजनाका लागि शुभकामना दिएका हुन्।