प्रधानमन्त्रीले एनपिएलको उद्घाटन गर्ने - Chaitanya News
  • 2026-10-26
  • 17:14:38
  • सोमबार,कार्तिक १०, २०८३
  • प्रधानमन्त्रीले एनपिएलको उद्घाटन गर्ने

    प्रधानमन्त्रीले एनपिएलको उद्घाटन गर्ने

    काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपिएल) को सफलताको कामना गर्दै सहभागी खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन्। प्रधानमन्त्री शालले नै एनपिएल उद्घाटन गर्ने आयोजक क्यानले जानकारी दिएको छ।

    सोमबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले एनपिएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन्।

    ‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपिएल आजदेखि सुरु हुँदैछ। केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,’ उनले लेखेका छन्, ‘लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सोमबार साँझ ५ बजे त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले एनपिएलको उद्घाटन गर्ने कार्यक्रम छ।

    आजदेखि सुरु हुने प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

    लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रँदा सुदूरपश्चिमको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्।