चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 3 of 1150
  • 2026-11-20
  • 09:02:34
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

एन्फामाथिको सबै प्रतिबन्ध हट्यो

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ। राखेपको पछिल्लो निर्णयसँगै एन्फाले प्रशासनिक र आर्थिक गतिविधि सञ्चालनमा लगाइएको रोकबाट उन्मुक्ति पाएको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर रहेको पत्र बिहीबार एन्फालाई पठाउँदै निलम्बन तथा प्रतिबन्ध फुकुवाको जानकारी गराइएको हो। राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३०) मा गरेको निर्णयअनुसार एन्फामाथि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन र प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ। निर्णय पत्र जारी भएको मितिदेखि लागू हुने गरी प्रशासनिक तथा आर्थिक प्रतिबन्धसमेत फुकुवा गरिएको राखेपले जनाएको छ। एन्फाले गत अप्रिल ५ (चैत २३) मा पत्र पठाएर आफूहरूमाथि लगाइएको निलम्बन फुकुवा गर्न राखेपसमक्ष अनुरोध गरेको थियो। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार निलम्बन फुकुवाको निर्णय गरिएको राखेपले जनाएको छ। यस निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालयका साथै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराइएको छ।

News by एन्फामाथिको सबै प्रतिबन्ध हट्यो :