नासु, डिठ्ठा र तामेलदारसहित १०९ कर्मचारीको काज सरुवा - Chaitanya News
  • 2026-11-19
  • 09:14:59
  • बिहिबार,मंसिर ०४, २०८३
  • नासु, डिठ्ठा र तामेलदारसहित १०९ कर्मचारीको काज सरुवा

    नासु, डिठ्ठा र तामेलदारसहित १०९ कर्मचारीको काज सरुवा

    काठमाडौं– सर्वोच्च अदालतले विभिन्न पदमा कार्यरत १०९ जना राजपत्र अनंकित कर्मचारीको काज सरुवा गरेको छ । अदालतले नायब सुब्बादेखि तामेलदारसम्मका कर्मचारीलाई विभिन्न न्यायिक निकायमा खटाउने निर्णय गरेको हो ।

    सर्वोच्च अदालतको मंसिर २ गतेको निर्णयअनुसार कर्मचारीहरूको काज सरुवा गरिएको हो ।

    अदालतले काज सरुवासम्बन्धी सूचना जारी गर्दै नायब सुब्बा, पुस्तकालय सहायक, सर्भेक्षक, कम्प्युटर अपरेटर, डिठ्ठा तथा तामेलदार पदमा कार्यरत कर्मचारीलाई विभिन्न जिल्ला अदालत, उच्च अदालत तथा अन्य न्यायिक निकायमा खटाएको जनाएको छ ।

    अदालतको निर्णयअनुसार न्यायिक निकायअन्तर्गतका विभिन्न पदमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी तथा कार्यस्थल परिवर्तन गरिएको हो ।