चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 62 of 1107
  • 2026-10-07
  • 19:54:52
  • बुधबार,आश्विन २१, २०८३

About Author

भोटेकोशी बाढी: ७८८ शव फेला, २ हजार ७४२ को उद्धार

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ। बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ७८८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीले सात हजार ८८४ जना जनशक्ति परिचालन गरेको छ। तर उद्धार तथा खोजी अभियानमै खटिएका २५ प्रहरी कर्मचारी भने अझै सम्पर्कविहीन छन्। नेपाल प्रहरीले २०८३ भदौ १४ गते दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीबाट सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ। त्यहाँ मात्रै २६४ जनाको शव फेला परेको छ। त्यस्तै, पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १२०, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका तथा घाइतेको सङ्ख्या पनि दुई हजार ७४२ पुगेको छ। उद्धार तथा उपचार गरिएकामध्ये नुवाकोटमा दुई हजार २०, रसुवामा ७१९ र धादिङमा तीन जना रहेका छन्। बाढीका कारण घाइते भएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएकाको सङ्ख्या १६० रहेको प्रहरीले जनाएको छ। बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कामलाई प्रहरीले निरन्तरता दिइरहेको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भए पनि उद्धार अभियानमै २५ प्रहरी सम्पर्कविहीन हुनु विपद्को जोखिम र भयावह अवस्थाको अर्को संकेत बनेको छ। फेला परेका शवको सङ्ख्या निरन्तर बढिरहँदा बाढीबाट भएको वास्तविक मानवीय क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

News by भोटेकोशी बाढी: ७८८ शव फेला, २ हजार ७४२ को उद्धार :