काठमाडौं– नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ।
चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनले यस्तो सूचना दिएको हो। सीजीटीएनका अनुसार एन्नेङ ग्रुपको अगस्ट २९ सम्म गरेको अनुगमनमा यस्तो तथ्यांक देखिएको हो।
पहिरोले थुनिएर बनेकोतालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको छ। जुन लगभग १४ वटा मानक फुटबल मैदान बराबर हो।
यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांकला२ उद्धृत गर्दै सीजीटीएनले जनाएको छ
यसैबीच, दोस्रो बाँध ताल–२ पनि पहिचान गरिएको छ, जुन उक्त स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको छ। भदौ १० गतेको भीषण बाढी पछि चिनियाँ पक्षले थप जोखिमबारे निरन्तर अध्ययन र अनुगमन गरिरहेको छ।