विपद्मा सहयोगको हात : ब्याट–३९ का शाखा अधिकृतले जुटाए २ लाख ३ हजार - Chaitanya News
  • 2026-08-30
  • 11:49:19
  • आइतबार,भाद्र १४, २०८३
  • विपद्मा सहयोगको हात : ब्याट–३९ का शाखा अधिकृतले जुटाए २ लाख ३ हजार

    विपद्मा सहयोगको हात : ब्याट–३९ का शाखा अधिकृतले जुटाए २ लाख ३ हजार

     

    काठमाडौँ–भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन ब्याट–३९ का शाखा अधिकृतहरूले २ लाख ३ हजार ३३३ रुपैयाँ सहयोग गरेका छन्।

    शाखा अधिकृतहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।

    शाखा अधिकृत सन्देश राईका अनुसार प्रारम्भिक चरणमा उक्त रकम सहयोग गरिएको हो। बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा राज्यको प्रयासलाई साथ दिने उद्देश्यले सहयोग रकम जुटाइएको उनले बताए।

    राईले आगामी दिनमा पनि साथीहरूसँग छलफल गरी थप रकम संकलन गर्ने तयारी रहेको जानकारी दिए।

    “प्रारम्भिक चरणमा दुई लाख तीन हजार ३३३ रुपैयाँ सहयोग गरिसकेका छौँ, थप साथीहरूसँग छलफल गरेर अरू रकम पनि संकलन गर्नेछौँ,” उनले भने।