चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1083 of 1099
  • 2026-10-04
  • 08:38:02
  • आइतबार,आश्विन १८, २०८३

About Author

हामीले एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि गर्नैपर्छ : रामकुमारी झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले संविधान बचाउनको लागि आफूहरूले विद्रोह गरेको बताएकी छन्। एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा पुगेको स्मरण गर्दै आफ्नो निर्णय लिन सधै स्वतन्त्र हुने बताएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘गतवर्ष आजकै दिन मेरो जिन्दगीको एउटा कठिन राजनितिक निर्णय लिएको दिन हो। मेरा पिता समानका नेता कमरेड माधव कुमार नेपालको हात समातेर निर्वाचन आयोग पुगेको दिन हो। हामीले राजनीतिमा अर्को एउटा मूल्यको राजनीतिको मानक बनाउन चुनौतिपूर्ण अवस्थामा पाइला अगाडी बढाएको दिन हो।’ उनले विद्रोह गर्दा दायाँबायाँका राजनीतिक अभिभावक छोडेर आएको समेत उल्लेख गरेकी छन्। ‘सामान्यतः म मेरो निर्णय लिन सधै स्वतन्त्र नै हुन्छु। राजनीतिमा लाग्ने मान्छे अलि बढी स्वतन्त्र नै हुन्छन। स्वतन्त्रता यानेकी आजादीको त्यही प्याशनले होला जोखिम मोल्न र चुनौतिपूर्ण अवस्थामा निर्णय लिन सक्षम हुन्छन्’ उनले भनिन्। उनले अहिले उपलब्धिको रक्षा गर्ने र विद्रोहको औचित्य पुष्टि गर्ने समय आएको बताइन्। आसन्न निर्वाचन हामी गठबन्धनमै अगाडी बढ्ने संकल्प गरेको समेत बताइन्। ‘हो हाम्रो विद्रोह त्यही थियोः संविधानलाई बचाउन, सात दशक लामो संघर्षको उपलब्धिको रक्षा गर्न, यो राजनितिक प्रणालीलाई बचाउन र नेपालको राजनीतिलाई जनचाहाना अनुसार संचालन गर्न गर्न’ उनले भनेकी छन्, ‘गठबन्धन आजको आवश्यकता हो। संविधानलाई गति दिन,संविधानलाई सहि मार्गमा चलाउन, आर्थिक एजेण्डालाई प्राथमिकतामा राखि आर्थिक बिकास र समृद्धिको बाटोमा मुलुकलाई मार्गदर्शन गर्न, जनभावनाको कदर गर्न गठबन्धन अनिवार्य छ। नेकपा एकीकृत समाजवादी पार्टीलाई पुनर्गठित र पुनर्जागृत गरेर अगाडी बढ्नु आजको आवश्यकता भएको बताइन्। उनले अहिले आफ्नो पार्टीभित्र देखिएको भन्ने विवादको कुनै सत्यता नभएको बताइन्।

News by हामीले एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि गर्नैपर्छ : रामकुमारी झाँक्री :