बारामा बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु - Chaitanya News
  • 2026-04-24
  • 12:11:21
  • शुक्रबार,बैशाख ११, २०८३
  • बारामा बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

    बारामा बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु

    मकवानपुर– बारामा बिहीबार बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएका छन्।

    नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो। बस सडकबाट तल खोलामा खसेको हो।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं एसपी होविन्द्र बोगटीका अनुसार दुर्घटना लगत्तै प्रहरी टोली उद्धारमा खटिएको थियो। घाइतेलाई हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि लगिएको उनले बताए।

    उद्धारमा संलग्न प्रहरीले दुर्घटनामा ८ जनाको मृत्यु भएको जानकारी दिएपनि अस्पतालले भने पुष्टि गर्न बाँकी रहेको छ।