काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
काठमान्डुका कप्तान करण केसीले टस जितेर विराटनगरलाई ब्याटिङमा पठाउने निर्णय गरेका हुन्। विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गरिरहेका छन्।
आजको खेलका लागि विराटनगरले आफ्नो पहिलो रोजाइको टोलीमा कुनै परिवर्तन गरेको छैन। यता काठमान्डुले भने टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ।
काठमान्डुले मोहम्मद आदिल आलम, रिपोन मन्डोल र स्मित पटेलको स्थानमा साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगेलाई प्लेइङ–११ मा समावेश गरेको छ।
दुवै टोली आजको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन्।